खाेज्नुहाेस

कञ्चनपुरमा १३ ग्राम खैरो हेरोइन सहित १९ वर्षीय युवक पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरमा प्रहरीले लागू औषध खैरो हेरोइन र नगदसहित १९ वर्षीय युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्लाफाँटा नगरपालिका – १ बन्साह बस्ने यालिस भण्डारीलाई लागू औषधसहित पक्राउ गरिएको हो ।

navjiwan hospital

तालुक सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतको इलाका प्रहरी कार्यालय झलारी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रवार उनलाई पक्राउ गरेको हो ।

attariya hospital

भण्डारीको साथबाट १३ ग्राम ९३० मिलिग्राम खैरो हेरोइन र नगद ३१ हजार ५ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले बताए ।

बरामद लागू औषध र नगदसहित उनलाई नियन्त्रणमा लिएर लागू औषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।