अत्तरिया – कैलालीको अत्तरियामा आयोजित विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता ‘नृत्य मञ्च–२०८३’ को विजेता गोदावरी पब्लिक स्कुलकी इशीका पूजारा बनेकी छन् ।
शनिबार सम्पन्न ग्रान्ड फाइनलमा विजेता बनेकी पूजाराले नगद २० हजार १०५ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिन् ।


प्रतियोगितामा सत्यवती एकेडेमीकी रिजुम बीक द्वितीय र पुष्पाञ्जलि आवासीय विद्यालयका प्रितम बोहरा तृतीय भए । उनीहरूले क्रमशः १५ हजार १०५ र १० हजार १०५ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे ।
द डान्स सर्कल र गुरुकुल डान्स एन्ड फिटनेस स्टुडियोको संयुक्त आयोजनामा भएको प्रतियोगितामा कैलाली र कञ्चनपुरका २४ विद्यालयका विद्यार्थी सहभागी भएका थिए ।
प्रतियोगिताको उद्देश्य विद्यालयस्तरका नृत्य प्रतिभाको पहिचान तथा उनीहरूको कला र व्यक्तित्व विकासमा सहयोग पुर्याउनु रहेको आयोजकले जनाएको छ ।


















