अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका–५, अण्डैयास्थित बुढो बेताल सामुदायिक वनमा बेवारिसे अवस्थामा लुकाइएका ३ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

शनिबार सबडिभिजन वन कार्यालय बढैपुरको गस्ती टोलीबाट सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले बन्दुक बरामद गरेको हो ।

प्रहरीका अनुसार जामुनको रुखको फेदमा टोट्काभित्र लोड गरी लुकाइराखेको अवस्थामा एकनाले भरुवा बन्दुक फेला परेका हुन् । बरामद बन्दुकबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















