खाेज्नुहाेस

चैतन्यपुरमा भोलिदेखि दुर्गापूजा, रामकथा र महाआरती हुँदै

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–१ चैतन्यपुरस्थित नवदुर्गा भगवती मन्दिरमा भोलि (आइतबार) देखि सातदिने दुर्गापूजा, रामकथा, रामलीला तथा श्रृङ्गारिक महाआरती आयोजना हुने भएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

navjiwan hospital

मन्दिर समितिको आयोजनामा हुने कार्यक्रमको उद्घाटन आइतबार दिउँसो १ बजे नगरप्रमुख वीरेन्द्र भट्टले गर्ने कार्यक्रमका युवा संयोजक उत्तम महराले जानकारी दिए ।

attariya hospital

कार्यक्रममा अच्युत शरण महाराज धितालबाट रामकथा वाचन, भजनकीर्तन, दिव्य झाँकी, पूजाअर्चना तथा महाआरतीलगायत धार्मिक गतिविधि सञ्चालन हुनेछन् । धर्म, संस्कृति संरक्षण र नयाँ पुस्तामा धार्मिक तथा नैतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।