अछाम – अछामको रामारोशनमा पर्यटकीय क्षेत्रको प्रवर्धन र विकासका लागि रामारोशन महोत्सव हुने भएको छ । ‘बाह्रबण्ड अठारखण्ड’ ले परिचित प्रसिद्ध पर्यटकीय स्थानको प्रचारका लागि वैशाख २५ देखि ३१ गतेसम्मका महोत्सवको आयोजना गर्न लागेको हो ।

महोत्सवमा स्थानीय कला तथा संस्कृति सहितका विभिन्न साँस्कृतिक प्रर्दशन, कृषि प्रदर्शनी, परम्परागत खेलकुद, फोटो प्रदर्शनी र पर्यटकीय पदयात्राबाट रामारोशन क्षेत्रको प्रचारप्रसार गरिने बताइएको छ ।

रामारोशन क्षेत्रलाई चिनाएर देश–विदेशका पर्यटक भित्राएर आर्थिक समृद्धिको लक्ष्यका साथ महोत्वको आयोजना गर्न लागिएको महोत्वस आयोजक समितिका संयोजक जनक साउँदले बताए । मुजाबगरमा आयोजना गरिने महोत्सवले पर्यटकीय क्षेत्र रामारोशनमा आन्तरिक र बाह्य पर्यटकका लागि घुमफेरमा सहजता हुने बताइएको छ ।
महोत्सवबाट सङ्कलन गरिएको रकम हालै आगलागीबाट प्रभावित जयगढ र साँफेबगरका आगलागी पीडितहरुको राहतमा सहयोग गर्ने आयोजक पक्षको भनाई छ । महोत्सवलाई नेपाल पर्यटन बोर्ड, रामारोशन गाउँपालिका सहितका स्थानीय तहहरु र अन्य निकायको सहकार्य रहने छ ।
















