अछाम– अत्यधिक रक्तस्राव भएपछि एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । मंगलबार दिउँसो २ बजे जिल्ला अस्पताल अछाममा उपचाररत मंगलसेन नगरपालिका–४ की २६ वर्षीय खिमा बुढालाई हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

बुढालाई मंगलसेनबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत अछामका प्रमुख जिल्ला अधिकारी टीकाराम ढकालले जानकारी दिए । कात्तिक २९ गते सामान्य अवस्थामा जिल्ला अस्पताल अछाममा सुत्केरी भएकी बुढा अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएपछि अत्यधिक रक्तस्राव भएको परिवारका सदस्यहरुको भनाइ छ ।

श्वासप्रश्वासमा समस्या भएपछि पुनः अस्पताल भर्ना गरिएको थियो । उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।




















