नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ।
शनिबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम तेस्रो सिजनमा च्याम्पियन बनेको हो। उसले अघिल्ला दुई सिजन उपविजेतामै चित्त बुझाउनु परेको थियो ।