खाेज्नुहाेस

संगम सहकारीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा बिष्ट दोहोरिए

Image

अत्तरिया– कैलालीको अत्तरियामा रहेको संगम बहुउद्देश्यिय सहकारी संस्थाको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न संस्थाको आठौँ वार्षिक साधारण सभाको बन्दसत्रले चन्द्रबहादुर विष्टको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

navjiwan hospital

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा शेरबहादुर विष्ट, सचिवमा सुनील विष्ट र कोषाध्यक्षमा दीर्घराज अवस्थी रहेका छन् । यस्तै सदस्यहरूमा नरबहादुर ऐरी, कविता पाण्डे र कविता पोखरेल निर्विरोध निर्वाचित भएको संस्थाका कार्यकारी प्रमुख अम्मर कुँवरले बताए ।

attariya hospital

उनका अनुसार बन्दसत्रले लेखा सुपरिवेक्षण समिति पनि निर्विरोध चयन गरेको छ । जसको संयोजकमा अर्जुनबहादुर डंगौरा रहेका छन भने सदस्यहरूमा दिवाकर सिंह ठकुरी र रेखादेवी चन्द रहेको उनले बताए । नवनिर्वाचित पदाधिकारीहरुको शनिबार नै सपथ ग्रहण गराईएको थियो ।