खाेज्नुहाेस

प्रमुख जिल्ला अधिकारी अर्यालद्वारा पुर्चौंडीस्थित इलाका प्रशासन कार्यालयको अनुगमन

Image

बैतडी– बैतडीकी प्रमुख जिल्ला अधिकारी मीना अर्यालले पुर्चौंडी नगरपालिका–१ हाटमा रहेको इलाका प्रशासन कार्यालयको अनुगमन गरेकी छन् । कार्यालयबाट प्रवाह भइरहेका सेवा र सेवाग्राहीले भोग्नुपरेका समस्या तथा गुनासोबारे जानकारी लिन उनले अनुगमन गरेकी हुन् ।

navjiwan hospital

अनुगमनका क्रममा कार्यालयको सेवा प्रवाहको अवस्था सन्तोषजनक पाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् । उनले कार्यालयबाट प्रदान भइरहेका सेवाबारे जानकारी लिनुका साथै सेवाग्राहीका समस्या र गुनासोसमेत बुझ्ने काम गरिएको जानकारी दिइन् ।

attariya hospital

इलाका प्रशासन कार्यालय पुर्चौंडीबाट नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र र नाबालिग परिचयपत्रसम्बन्धी सेवा प्रदान हुँदै आएको छ । २०७३ सालदेखि सञ्चालनमा रहेको उक्त कार्यालयले स्थानीय नागरिकलाई प्रशासनिक सेवा लिन जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता कम गरेको छ । पुर्चौंडीको हाटमा कार्यालय स्थापना भएपछि नागरिकता लगायतका सेवा लिन सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्य भएको स्थानीयलाई सहजता पुगेको छ ।

हाल बैतडीमा पुर्चौंडी र मेलौली गरी दुई स्थानबाट इलाका प्रशासन कार्यालयमार्फत सेवा प्रवाह भइरहेको छ । गत वैशाखदेखि सञ्चालनमा आएको मेलौलीस्थित कार्यालयले मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई सेवा दिँदै आएको छ । त्यस्तै, पुर्चौंडीस्थित इलाका प्रशासन कार्यालयले पुर्चौंडी नगरपालिकाभित्रका नागरिकलाई प्रशासनिक सेवा उपलब्ध गराउँदै आएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।