अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) समानुपातिक सदस्य छनोट गरिएको छ । निर्वाचन समितिले बुधवार एक सूचना जारी गर्दै ८ जना समानुपातिक सदस्य छनोट गरिएको जनाएको हो ।

जसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का तर्फबाट झपीलाल जोशी, दीपक भट्ट, दिनेश ताम्राकार, निरञ्जन बोगटी, महेश साउँद रहेका छन् । त्यस्तै संयुक्त अखिलबाट जयदेव भट्ट, दुर्गा नेपाली र किरण आले मगर रहेका छन् । समानुपातिक तर्फ नेविसंघले ४६६ र संयुक्त अखिलले ३६० मत पाएको थियो । सोही अनुसार नेविसंघबाट ५ र संयुक्त अखिलबाट ३ जना छनोट गरिएको निर्वाचन अधिकृत लोक बहादुर महराले बताए ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत रहेको दुर्गालक्ष्मीमा चैत्र २७ गते स्ववियु निर्वाचन भएको थियो । निर्वाचनमा नेविसंघका भुवन महरा प्यानल सहित सभापतिमा निर्वाचित भएका थिए ।
यस्तै सचिवमा ज्योति साहु, कोषाध्यक्ष सोनिया शाह, सदस्यहरूमा बिपना कुँवर, विष्णु नेगी, तारा कुमारी भट्टराई, रोजिना खड्का, गोविन्द सिंह महरा, महेन्द्र खत्री, विवेक डगौरा, कल्पना साउँद विजयी भएका थिए ।
निर्वाचन अधिकृत महराले प्रत्यक्षतर्फ निर्वाचित र समानुपातिक तर्फ निर्वाचितको बिहीबार (चैत ४ गते) शपथ शपथ ग्रहण गरिने बताएका छन् ।



















