
काठमाडौँ- कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा गाँसिएका छन् । आइतबार चावहिलको एक ब्यांक्विटमा आयोजित वैवाहिक समारोहमा उनले झापाकी स्नेहा दंगालसँग लगनगाँठो कसे ।
दंगालसँग उनले मागी विवाह गरेका हुन् । स्नेहा नर्सिङ पेशामा आबद्ध रहेको जनाइएको छ । विवाह समारोहमा दुबै पक्षका आफन्त र साथीभाइको सहभागिता थियो ।




















