धनगढी – नेपाली कम्युनिस्ट पार्टी धनगढी उपमहानगर समिति संयोजकमा ललित खत्रीलाई जिम्मेवारी दिइएको छ। साउन १७ गते बसेको जिल्ला समिति संयोजक खडक रावल, इन्चार्ज वीरमान चौधरीलगायत जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको बैठकले जिल्लाका सबै पालिकाको नेतृत्व चयन गरेको हो।
यस्तै धनगढी उपमहानगर समिति इन्चार्जको जिम्मेवारी लक्ष्मी चौधरीले जिम्मेवारी पाएकी छिन्। आगामी महाधिवेशनसम्मका लागि पालिकास्तरीय समितिमा विभिन्न नेताहरूलाई जिम्मेवारी दिइएको पार्टीले जनाएको छ।


धनगढी उपमहानगर समितिको सह-इन्चार्जमा दीपक सिंह, रमेश भट्टराई, जयन्द्र दाहाल, बलबहादुर ऐर र सुरेश सुनारलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, समितिको सह-संयोजकमा धु्रव बराल, अर्जुन रावल, सबिन गिरी, मुकेश रैकालाई जिम्मेवारी दिइएको जनाइएको छ।
पार्टीले आगामी महाधिवेशनसम्म संगठनलाई थप व्यवस्थित र चलायमान बनाउने उद्देश्यले पालिकास्तरमा नेतृत्व तथा जिम्मेवारी बाँडफाँट गरेको जनाएको छ।


















