खाेज्नुहाेस

अत्तरियामा टेस्ट ड्राइभ गर्ने बहानामा मोटरसाइकल लिएर युवक फरार

Image

अत्तरिया – कैलालीको अत्तरियास्थित बाबु अटो सेल्सबाट टेस्ट ड्राइभ गर्ने बहानामा मोटरसाइकल लिएर एक युवक फरार भएका छन् ।

navjiwan hospital

साउन २३ गते मोटरसाइकल खरिद गर्ने भन्दै टेस्ट ड्राइभ गर्न मागेका ती व्यक्तिले टेस्ट ड्राइभका लागि लगेको मोटरसाइकल हालसम्म फिर्ता नगरी फरार भएको भएका हुन ।

attariya hospital

फरार व्यक्तिले लगेको मोटरसाइकलको नम्बर सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७६७२ रहेको छ ।

अटो सेल्सले फरार व्यक्तिको तस्बिरसमेत सार्वजनिक गर्दै चिन्ने वा देख्ने व्यक्तिलाई तत्काल जानकारी गराइदिन बाबु अटोका सञ्चालक बाबु भट्टराइले बताए । उनले उक्त व्यक्तिको बारेमा आफूले भिडियो हालेपछि अन्य ठाउँबाट पनि यसरीनै मोटरसाइकल चोरी गरेको जानकारी आइरहेको बताए ।