धनगढी – दैलेखमा ट्रकको ठक्करबाट गोदावरी नगरपालिका–८ का ४१ वर्षीय प्रेमबहादुर रोकाया क्षेत्रीको मृत्यु भएको छ । क्षेत्रीलाई डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर बजारस्थित कर्णाली राजमार्गमा भे १ ख ३७१० नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

उनी भे १४ प ६७१४ मोटरसाइकललाई सुर्खेतदेखि कालिकोट तर्फ जाँदै गरेका थिए ।

क्षेत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक जयसिंह गुरुले जानकारी दिए । ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















