खाेज्नुहाेस

सुदूरपश्चिमको बजेट अध्यादेशबाट ल्याउने तयारी

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ।

जसका लागि मन्त्रिपरिषद् बैठकले आइतबार राति १२ बजेदेखि बजेट अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुखलाई पत्रचार गर्ने निर्णय गरेको छ। सोही निर्णय बमोजिम प्रदेश प्रमुख कार्यालयमा पत्राचार गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

attariya hospital
navjiwan hospital

प्रदेश सरकार अल्पमतमा परेको अवस्थामा प्रदेश सभाबाट बजेट पारित हुन नसक्ने भएपछि प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउन बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुखले मन्त्रिपरिषद्‌को निर्णय स्वीकृत गरी बजेट अधिवेशन अन्त्य भएको सूचना जारी गरेमा सोमबार नै अध्यादेशबाट बजेट ल्याउने तयारी भएको प्रदेश सरकारका एक अधिकारीले बताए। उनले सोमबार नै बजेट नआएमा प्रदेश सरकार बेखर्ची हुने र राजस्व संकलनलगायतमा बाधा पुग्ने भएकोले सो तयारी गरिएको बताए।

प्रदेश प्रमुखको कार्यालयमा प्रदेश सरकारको बजेट अधिवेशन अन्त्य गर्ने पत्र पुगेको भएपनि प्रदेश प्रमुख नजिर मियाँले त्यस विषयमा निर्णय गरेका छैनन् । प्रमुख प्रमुखको कार्यालयका सचिव शैलेशराज ढुंगानाले प्रधानमन्त्रीको सपथ कार्यक्रममा सहभागी हुन काठमाडौँ हिडिसकेपछि प्रदेश सरकारको पत्र आएको बताए । उनले प्रदेश प्रमुख काठमाडौँबाट सोमबार फर्किने बताए।