अनुष्का शेट्टीलाई हाँसिरहने दुर्लभ रोग

एजेन्सी- तेलुगु भाषाको बहुचर्चित फिल्म ‘बाहुबली’मा देवसेनाको भूमिकामा देखिएकी अभिनेत्री अनुष्का शेट्टीलाई हाँसिरहने दुर्लभ रोग लागेको छ । हालै एक अन्तरवार्तामा अनुष्काले यसको खुलासा गरेकी हुन् । चिकित्सकीय भाषामा यो रोगलाई स्यूडोबुलबार इफेक्ट भनिन्छ ।

maya metro hospital

अभिनेत्रीले आफू हाँस्न थालेपछि १५-२० मिनेटसम्म हाँसो रोक्नै नसक्ने गरेको बताइन् । सुटिङका क्रममा हाँसो रोक्न नसक्दा कहिलेकाहीँ सुटिङ नै रोक्नु परेको उनले बताइन् ।

के हो स्यूडोबुलबार इफेक्ट ?

attariya hospital

यो एकखालको न्यूरोलॉजिकल डिसअर्डर हो । यसमा बिरामीले हाँस्ने, रुने र अन्य भावनालाई कयौँ पटक रोक्नै सक्दैनन् । बिरामीको वास्तविक स्थितिसँग यी भावनाको कुनै सम्बन्ध हुन्न । यसका लक्षणहरू भावनात्मक र मस्तिष्कको कमजोरीसँग सम्बन्धित छन् । त्यसैले यसलाई न्यूरोसाइकियाट्रिक रोग मानिन्छ ।

के छ उपचार ?

यस्तो हुँदा गहिरो र सुस्तरी सास लिने अनि आफ्नो दिमागलाई कुनै अन्य विषयमा केन्द्रित गर्दा सहजता मिल्ने विज्ञहरू बताउँछन् । काँध, घाँटी र छाती वरपरका मांसपेशीलाई आराम दिँदा पनि उपयोगी हुन सक्छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.