काठमाडौँ- फिल्म ‘ह्रस्व दीर्घ’बाट नायिका नीता ढुंगानाको पहिलो लुक्स सार्वजनिक भएको छ ।


लुक्समा नीतालाई हातमा बज्र लिएर उभिएको देख्न सकिन्छ । दक्षिण भारतीय अभिनेता ब्रह्मानन्दम, अली र नेपाली कलाकार किरण केसी, बुद्धि तामाङ, रवीन्द्र झा र आदर्श मिश्रलाई पनि आआफ्नो चरित्रमा देखाइएको छ ।

फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, बुद्धि तामाङ, किरण केसी, रवीन्द्र झा, ब्रह्मानन्दम, अलि, प्रदीप रावत र कबीर दुहान सिंहको मुख्य भूमिका छ । फिल्म असोज ३ गतेबाट रिलिज हुँदैछ ।
