खाेज्नुहाेस

कैलाली कञ्चनपुरबाट लागुऔषध सहित ५ जना पक्राउ

Image

अत्तरिया– प्रहरीले कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको छ । आईतबार दुवै जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ४ ग्राम ३७ मिलिग्राम लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको हो ।

navjiwan hospital

कैलालीको भजनी नगरपालिका– ३ सरदार चोकबाट प्रहरीले २ ग्राम ९२० मिलिग्राम अवैध लागुऔषध सहित २२ वर्षिय अमित डगौरालाई प्रहरीले पक्राउ गरेको छ । जानकी गाउँपालिका– ४ बस्ने डगौरालाई आईतबार बेलुका शंका लागि चेकजाँच गर्दा उनको साथबाट अवैध लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

attariya hospital

यसैगरी प्रहरीले कञ्चनपुरबाट प्रहरीले ४ जनालाई अवैध लागुऔषध सहित पक्राउ गरेको छ । आईतबार जिल्लाको शुक्लाफाँटा नगरपालिका– १२ कालागौडीबाट ६५० मिलिग्राम लागुऔषध सहित सोही ठाउँ बस्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो भने सोही वडाको खल्ला शिविर बाट ८० मिलिग्राम लागुऔषध सहित सोही ठाउँका १६ वर्षिय किशोरलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।