अत्तरिया – कैलालीको अत्तरियामा रहेको बाबु अटो सेल्सबाट चोरी भएको मोटरसाइकल महेन्द्रनगरमा फेला परेको छ ।

टेस्ट ड्राइभ गर्ने बहानामा लगेर चोरिएको मोटरसाइकल महेन्द्रनगरको त्रिवेणी चोकमा रहेको अवय अटो सपमा चोरले नै छोडेर गएका हुन ।

सुपप्र ०१–०१२ प ७६७२ नम्बरको उक्त मोटरसाइकल उक्त अटो सपमा सर्भिस गर्ने भन्दै चोरी गर्ने व्यक्तिले छोडेका थिए । ती व्यक्तिले त्यहाँ मोटरसाइकल छाडेका उनले एक छिन फोन गर्छु भन्दै मोबाइल मागेर फरार भएको प्रहरीले जनाएको छ ।
अटो सप सञ्चालकले मोबाइल चोरिएको विषयमा खबर गरेपछि अत्तरियाबाट लगिएको मोटरसाइकल त्यहाँ भेटिएको प्रहरीले जनाएको छ । त्यहाँबाट मोबाइल लगेर फरार भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
अत्तरिया स्थिति बाबु अटोका संचालक बाबु भट्टराइले प्रहरीबाट मोटरसाइकल फेला परेको खबर पाएपछि महेन्द्रनगर लिन गइरहेको बताएका छन ।



















