रविना टन्डनले वृद्धामाथि हातपात गरेको आरोप

एजेन्सी- बलिउड अभिनेत्री रविना टन्डनले एक वृद्धालाई पिटेको आरोप लागेको छ ।

maya metro hospital

घटना शनिबार रातिको हो । मुम्बईको बान्द्रामा रिजवी ल कलेज नजिक रविनाको गाडीका कारण वृद्धालाई चोट लागेको बताइएको छ । घटनापछि रविनाको ड्राइभर वृद्धा र उनको साथमा रहेका परिवारका अन्य सदस्यहरूसँग बहस गर्न थाले । यस क्रममा हात हालाहालको स्थिति भयो ।

त्यसपछि अभिनेत्री पनि गाडीबाट ओर्लिइन् । उनी त्यतिबेला रक्सीले मातेको पीडितको परिवारको भनाइ छ । गाडीबाट ओर्लिने बित्तिकै रविनाले पीडितको परिवारमाथि हात हालेको बताइएको छ ।

attariya hospital

यस घटनामा चोट लागेको महिलाको उमेर ७० वर्ष रहेको बताइएको छ । घटनाबारे रविनाले आधिकारिक विज्ञप्ति जारी गरेकी छैनन् भने प्रहरीले छानबिन सुरु गरेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.