‘पुष्पा २ः द रूल’ को नयाँ पोस्टर रिलिज, भिलेनको लुक्समा देखिए रमेश राव

अल्लू अर्जुन अभिनीत फिल्म ‘पुष्पा २ः द रूल’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । रमेश रावको जन्मदिनको अवसर पारेर फिल्मको नयाँ पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा रामेश रावलाई भिलेनको अवतारमा प्रस्तुत गरिएको छ ।

maya metro hospital

पुष्पाका निर्माताले उनलाई शुभकामना दिँदै लेखेका छन्, ‘हरेक भूमिका राम्रोसँग निवार्ह गर्ने अभिनेता रमेश रावलाई जन्मदिनको शुभकामना ! तपाई ‘पुष्पा २ः द रूल’ मा उनलाई शक्तिशाली राजनेता सिद्दप्पाको रूपमा देख्न सक्नुहुन्छ । फिल्म १५ अगस्तमा रिलिज हुनेछ ।’

फिल्मको पहिलो पार्टलाई ‘पुष्पाः द राइज’ को भनिएको थियो भने दोस्रो पार्टलाई ‘पुष्पाः द रूल’ भनिएको छ । ‘पुष्पाः द राइज’ मा जुन मोडमा कहानी छोडिएको थियो, त्यसले दर्शकमाझ कौतूहलता बढाएको छ ।

attariya hospital

‘पुष्पा २’ ले बक्स अफिसमा पनि राम्रो कमाइ गर्ने फिल्मकर्मीको आशा छ । सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको पनि मुख्य भूमिका रहनेछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.