‘हिरामण्डी’ को सुटिङका क्रममा डिप्रेसनमा थिइन् मनीषा

काठमाडौँ – सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हिरामाण्डी : द डायमण्ड बजार’ ओटीटीमा रिलिज भएको धेरै दिन बितिसकेको छ । यस शृङ्खलामा निभाएको मल्लिकाजनको भूमिकाका लागि मनीषा कोइरालाको निकै प्रशंसा भइरहेको छ ।

maya metro hospital

यो पात्र निभाउनका लागि नायिकाले निकै मिहिनेत गरेकी छिन् । हालै एक अन्तर्वार्तामा कोइरालाले ‘हिरामण्डी’ को सुटिङका क्रममा आफू डिप्रेसनमा रहेको बताएकी छिन् । सुटिङका क्रममा उनको मानसिक स्वास्थ्यमा असर परेको उनको भनाई थियो ।

अभिनेत्री कोइरालाले क्यान्सरसँग लडेको कुरा सबैलाई थाहा छ । यो रोगले उनको जीवनमा गहिरो प्रभाव पारेको छ । अभिनेत्रीले आफूलाई क्यान्सरले कसरी असर ग¥यो र कसरी उनी डिप्रेसनको सिकार भइन् भन्ने खुलासा गरिन् ।

attariya hospital

अभिनेत्रीले भनिन्, ‘मलाई थाहा छ शरीर र दिमागको स्वास्थ्य कसरी जोडिएको हुन्छ । ‘हिरामाण्डी’ को सुटिङका क्रममा म नराम्ररी डिप्रेसनमा फसेकी थिएँ । त्यो समयमा मलाई लाग्यो कि मैले कुनै न कुनै रूपमा समय बिताएर आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ ।’

मनीषा कोइरालालाई सन् २०१२ मा पाठेघरको क्यान्सर भएको पत्ता लागेको थियो । उपचारका क्रममा उनको कपाल समेत झरेको थियो । सुरुमा उनलाई सामान्य फुड पोइजनिङ भएको लागेको थियो, जसका कारण उनको पेट बारम्बार फुल्ने गर्दथ्यो । त्यही क्रममा उनको तौल पनि अचानक घट्न थाल्यो ।

जब अभिनेत्रीले मुम्बईमा आफ्नो चेकजाँच गराइन्, तब उनलाई क्यान्सर भएको थाहा भयो । उनले न्युयोर्कमा धेरै किमो सेसनहरू पार गरेपछि उनी अहिले निको भएकी छन् ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.