सीमाक्षेत्रको विवाद समाधान गर

 

सुदूरपश्चिममा नेपाल भारतको सीमा विवाद वर्षेनी बढ्दै गएको छ । सीमा विवाद कै कारण कतिपय स्थानमा सुदूरपश्चिमेलीहरुले ज्यान समेत गुमाउनुपरेको छ भने कतिपय स्थानमा भारतिय सुरक्षा बल (एसएसबी) को त्रासमा बस्नुपर्ने अवस्था छ । सुदूरपश्चिममा सबैभन्दा बढी कञ्चनपुर र दार्चुला क्षेत्रमा सीमाको विवाद बढेको छ । सीमा नजिकका नेपाली नागरिकहरुले सीमा विवादका कारण वर्षेनी दुःख खेप्दै आईरहेका छन । केही दिन अघि मात्रै पनि कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारतिय सुरक्षा कर्मीहरुको ओहोर दोहोर बाक्लिएको छ । सीमाको समस्या समाधान गर्नुको साटो नेपालको जिम्मेवार निकायले भने मुख समेत खोल्न सकेका छैनन् । माघ ६ गते बेलौरी नगरपालिका–१० भुडामा भारतीय सीमा सुरक्षाबल (एसएसबी) ले हातहतियार सहित सीमा नापजाँच गर्ने थाले । सो देखेका स्थानियहरुले त्यसको विरोध गरेर भारतिय सुरक्षाकर्मीहरुलाई फिर्ता पठाएका भएपनि त्यसको केही दिन पछि फेरी दुवै देशका सुरक्षाकर्मी संयुक्त रुपमा सीमामा पिल्लर खोज्न थालेपछि स्थानीय बढी त्रसित बनेका छन ।

maya metro hospital

स्ट्रीप नक्साको विवाद रहेको सो क्षेत्रमा विवाद यथावत रहेकै बेला पुनः दुवै देशका सुरक्षा बलका प्रतिनिधिले सीमाङ्कन गर्दा स्थानियहरुको मनमा चिसो पसेको छ । स्थानियहरुले बारम्बार विरोध गर्दै आईरहेका भएपनि त्यसको समाधान हुनुको साटो अझ बढी समस्या बल्झीदै जान थालेको छ । स्ट्रीप नक्सा अनुसार लामो समयदेखि भोगचलन गरेको जग्गा नै भारतमा देखिएपछि स्थानीयको विरोध पछि २०७६ सालदेखि सो काम रोकिएको थियो । उक्त नक्सा अनुसार बेलौरीमा मात्रै पुर्जावाला जमिन, हुलाकी सडक भारतमा देखिएको थियो ।

joshi vada pasal 2

स्ट्रीप नक्सा तयार गर्दा त्रुटि भएको भन्दै खारेज गरी नयाँ स्ट्रीप नक्सा तयार गर्न स्थानीयले माग गरेका थिए । २०५८ देखि २०६३ सालमा निर्माण गरिएको स्ट्रीप नक्सा अनुसार कञ्चनपुरमा रहेको प्याराताल, सडक, नहर, भारतमा देखाइएको छ । सीमा क्षेत्रमा लामो समय देखि स्ट्रीप नक्साले निम्त्याएको विवाद यथावत रहेकै बेला भारतीय सीमा सुरक्षाकर्मीहरु भने स्ट्रीप नक्सा अनुसार नाप्न आउँन थालेका छन । त्यस कार्यमा नेपाली क्षेत्रका सुरक्षाकर्मीहरुले समेत साथ दिदाँ स्थानियहरु अझ बढी चिन्तामा छन । एसएसबीबाट नेपालीहरुको भोगचलनमा रहेको जमिनमा आएर फित्ता राख्ने, जीपियस लिएर नाप्ने कार्यका कारण बेला बेलामा विवाद हुदै आएकोले त्यस्तो कार्य तुरुन्तै रोक्नुपर्ने माग स्थानियहरुले गरेका छन ।

विवादित कामको छानबिन नगरी रोकिएको काम प्राविधिकलाई नल्याएरै नाप नक्सा विना संयुक्त सीमा सुरक्षाकर्मीहरूले नाप्ने काम गर्नु उचित होईन । सिमाको विवाद वर्षेनी आउने गरेको भएपनि सरोकारवाला निकायले सीमा समस्या समाधानमा ध्यान नदिदास्थानीयले दुःख खेप्नु परेको छ । सरकारले सिमा क्षेत्रमा रहेका स्थानियहरुको सुरक्षाको व्यवस्थामा विशेष निगरानी गर्नुपर्दछ । सीमाका सवालमा छिमेकी मुलुक सँग भएका सन्धी सम्झौताका आधारमा आफ्नो क्षेत्राधिकार एकिन गरी नागरिकहरुलाई समस्या नहुने किसिमले त्यसको समाधान निकाल्ने काम गरिनुपर्दछ । सीमा विवादकै कारण पटक पटक नागरिकहरुले ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य हुनु जरुरी छ । त्यसका लागि सरकारले कुटनैतिक रुपमा पहल चाल्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.