कञ्चनपुर- कञ्चनपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१५ गोबरीयास्थित करन कार्कीको कुखुरा फर्ममा आगलागी भएको हो ।

बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ । आगलागीबाट फर्ममा रहेका ७०० कुखुराका चल्लाहरू जली अन्दाजी ६० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

















