खाेज्नुहाेस

अलपत्र रामजानकी मन्दिरको निर्माण गर

Image

रामायण अनुसार राम प्राचीन भारतमा जन्मिएका महापुरुष थिए । हिन्दू धर्ममा राम विष्णुको १० अवतारहरू मध्ये एक अवतार मानिन्छन् । रामको जीवनकाल र पराक्रम, महर्षि वाल्मिकि द्वारा रचित, संस्कृत महाकाव्य रामायणको रूपमा लेखिएको छ । उनको विषयमा तुलसीदासले भक्ति काव्य श्री रामचरितमानसको रचना गरेका थिए ।

विशेष रूपले उत्तर भारत र नेपालमा राम धेरै पूज्यनीय मानिन्छन् । रामचन्द्र हिन्दुत्ववादिहरूको पनि आदर्श पुरुष हुन् । राम, अयोध्यापुरीको राजा दशरथ र रानी कौशल्याको सबै भन्दा जेठो पुत्र थिए । रामकी पत्नीको नाम सीता हो । जसलाई लक्ष्मीको अवतार मानिन्छ । हनुमान, रामको, सबैभन्दा ठूलो भक्त मानिन्छन् । रामले राक्षस जातिको राजा रावणको वध गरेका थिए । हिन्दू धर्मको कयौँ चाड पर्व, जस्तै दसैं र तिहार, रामको जीवन–कथासँग जोडिएका छन् । हिन्दु धर्ममा रामजानकीको गाथा महत्वपुर्ण छ ।

attariya hospital

नेपालमा हिन्दु धर्म मान्नेहरुको बाहुल्यता बढी छ । त्यसैले यहाँ हिन्दु धर्मका हरेक भगवानहरुलाई उत्तिमै महत्व दिईन्छ । रामलाई भगवान विष्णुको अवतारका रुपमा पुजिदै आएको भएपनि यसको मन्दिरलाई भने अलपत्र पारिएको छ । भगवानको रुपमा पुँजिदै आएका रामजानकीको नाममा कैलालीको गोदावरी धाममा निर्माणाधीन मन्दिर ६ वर्षसम्म पनि पुरा हुन सकेको छैन ।

navjiwan hospital

६ वर्ष अगाडि देखि निर्माण सुरु गरिएको राम जानकी मन्दिर बजेट अभावमा अलपत्र परेको छ । मन्दिरको २०७४ साल राम नवमीका दिन शिलान्यास गरेर काम सुरु गरिएको थियो । मन्दिर निर्माणका लागि डीपीआर तयार पारेर सोही वर्ष गोदावरी नगरपालिकाबाट बजेट विनियोजन गरिएपछि निर्माण सुरु गरिएपनि डिपिआर अनुसारको बजेट अपुग्दा सो मन्दिरको काम रोकिएको छ ।

मन्दिर निर्माणमा हालसम्म करिब करोडको हाराहारीमा बजेट खर्च भैसकेको छ । पछिल्लो समय बजेट अभावका कारण काम सुरु हुन नसक्दा उक्त मन्दिर परिषरमा घाँस उम्रिएको छ । पाँच तले मन्दिर बनाउने भनेर डीपीआर तयार पारिएको भएपनि पहिलो तलाको छानो नहाल्दै मन्दिर अलपत्र परेको हो ।

हनुमान मूर्तिको पछाडि निर्माणाधीन राम मन्दिर बने गोदावरीको पर्यटन विकासमा पनि टेवा पुग्ने देखिन्छ । तसर्थ उक्त मन्दिरको यथाशिघ्र निर्माण जरुरी छ । गोदावरी धामलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने हो भने त्यसमा रामजानकी मन्दिरको निर्माण पनि अनिवार्य हुन आउँछ ।

गोदावरी क्षेत्रमा हनुमानको ठुलो मुर्ति रहेको छ । सो मुर्ति नजिकै रामजानकी मन्दिर निर्माण भए धार्मिक पर्यटकहरुलाई भित्र्याउन समेत सहज हुने देखिन्छ । त्यसैले अर्धसम्पन्न भैसकेको रामजानकी मन्दिरको निर्माण कार्यलाई पुर्णता दिन अपरिहार्य छ ।