कैलालीको अत्तरियामा सम्पन्न आठौँ संस्करणको महोत्सवमा भेटिएको नक्कली ठेली प्रकरणले अहिले सामाजिक संजाल तातेको छ । प्रकरण बाहिरिएपछि अहिले व्यवसायिक रुपमा सफल भएको भनिएको महोत्सवम कालो दाग लागेको छ । महोत्सवमा नक्कली टिकट ठेली भेटिदा आयोजकलाई भएको आर्थीक नोक्सानी भन्दा आयोजकको सम्मानमै चोट पुगेको छ । यो प्रकरणलाई आर्थिक रुपमा सामान्य लिइएपनि यसले समितिमाथि गम्भिर नैतिक प्रश्न उठाएको छ । विगत देखि पटक पटक महोत्सव घाटामा जानुको कारण यसअघि पनि नक्कली टिकट ठेली काटिएर त, होइन भन्ने प्रश्न पनि आयोजक माथि तेस्रिएको छ ।

आयोजक अत्तरिया उद्योग वाणिज्य संघ अत्तरियाका व्यवसायीको संस्था भएकाले नक्कली ठेली प्रकरणले यस क्षेत्रकै बदनाम भएको आवाज पनि उठ्न थालेको छ । यस प्रकरणमा अहिले सम्म दोषि पत्ता नलागेकाले हाल आयोजक संगै टिकट काट्ने दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन शंकाको घेरामा मुछिएका छन ।

महोत्सवको आठौं दिन बिहिबार महोत्सवको टिकट स्थलमा नक्कली टिकट ठेली भेटिएका थिए । नकक्ली टिकट ठेली भेटिएपछि आयोजक आफैले टिकट ठेली नक्कली भएको प्रमाणित हुने आधार सार्वजनिक गरेपछि दोषीलाई कारवाही गर्ने आधार भने अझै प्रष्ट पारेका छैनन ।
अत्तरिया क्षेत्रकै एक प्रतिष्ठित सार्वजनिक संस्थाको माथि संस्थाकै वदनाम र आर्थिक नोक्सानी हुने गरी लागेको दाग मेटाउन अब समितिले ढिला गर्नु हुन्छ । प्रदेशकै कृषि, पर्यटन र व्यापारको विकासका लागि आयोजना गरिएको महोत्सवमा केही सीमित व्यक्तिले नक्कली ठेली बनाएर गरेको कमाउने धन्दाको प्रदाफास हुन जरुरी छ । यसका लागि समितिले आफैले अनुसन्धान गर्ने भन्दा पनि राज्यका निकायलाई सहयोग गरी यसको अनुसन्धान गराउन आवश्यक छ ।

















