गर्भाको संरक्षणमा ध्यान देउ

राणाकालिन समयमा निर्मित गर्भा दरबार कैलालीको चुरे गाउँपालिकामा अवस्थीत छ । सुदूरपश्चिम प्रदेशको विकसीत जिल्लामा अवस्थीत भएपनि गर्भा दरबार भने भौगोलिक रुपमा विकट स्थानमा छ । चुरे गाउँपालिका वडा नं। ४ मा अवस्थीत गर्भा दरबार वि।सं। १९८४ मा तत्कालिन राजा खड्क शमशेर राणाले निर्माण गरेका थिए । यस दरबारमा चौमालाका ईटा, तराईभावरका सालका काठ र टिनको छाना प्रयोग गरिएको छ ।

maya metro hospital

तत्कालीन जनताहरूबाट यी सामग्री तराईबाट बोकाएर राणाले यो तीन तले दरवार निर्माण गराएको किंवदन्ती छ । हावापानी, मौसम र सुरक्षा व्यवस्थापनको दृष्टिमा उपयुक्त देखिएपछि यो ठाउँमा राणा शासकहरूले गर्भा दरबार बनाउन लगाएको बताइन्छ । नेपालको चुरे पहाडमा सबैभन्दा अग्लो गर्भा पहाडको १० रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार तीन तले छ । मास पिसेर बनाइएको गाह्रोबाट निर्माण गरिएको गर्भा दरबारमा ८३ झ्याल र ५३ ढोका छन् ।

ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको यो दरबारको संरक्षण र संर्वद्धनमा ध्यान नपुग्दा भने बर्सेनि जीर्ण बन्दै गएको छ । राणाकालीन यो दरबार खण्डहरमा परिणत हुँदै गए पनि यसको संरक्षणका लागि सरकारी निकायको ध्यान पुग्न नसकेको स्थानीयहरुले गुनासो गर्ने गरेका छन । दशकौँदेखि प्रयोगविहीन अवस्थामा रहेको उक्त दरबारका कलाकृति जडित भित्ताहरु भत्किन शुरु भैसकेका छन । राणा शासनकालदेखि २०३२ सालसम्म प्रयोगमा रहेको उक्त दरबार २०३३ पछि प्रयोगविहीन अवस्थामा रहेको बताइन्छ । सुरक्षाका दृष्टिकोणले दरबारभित्र बनाइएको भुइँतले सुरुङसमेत अहिले पुरिँदै गएको छ ।

attariya hospital

ऐतिहासिक महत्व रहेको गर्भा दरबारको संरक्षणका लागि हालसम्म कुनै पनि निकायबाट पहलकदमी भएको छैन । गर्भा दरबारको संरक्षण र संवर्द्धन गरेर यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने आधार भएपनि सरकारी निकायबाट त्यतातिर ध्यान जान नसक्नु दुखद कुरा हो । प्राचिन कालका ऐतिहासीक महत्वका भौतिक संरचना एवम् वस्तुहरुको संरक्षण र संर्वद्धन गर्ने जिम्मेवारी पाएको पुरातत्व विभागले पनि गर्भा दरबारका लागि हालसम्म कुनै पहलकदमी थालेको छैन । स्थानियस्तरबाट गरिने कार्यहरुका लागि पनि पुरातत्व विभागको अनुमती चाहिने हुँदा यसको संरक्षण र संर्वद्धनमा थप समस्या सृजना भएको छ । पुरातत्व विभागले आफुले पनि केही नगर्ने र अरुले गर्नलाई पनि अनुमती लिनुपर्ने भएकाले गर्भा दरबार जिर्ण बन्दा सम्म पनि रेखदेख हुन नसकेको आरोप लाग्न थालेको छ ।

पुरातत्व विभागले ऐतिहासीक महत्वका सम्पदाहरुको संरक्षण र संर्वद्धनमा ढिलाई गर्नुहुदैन । यस्ता सम्पदाहरुले भविष्यमा देशको ईतिहास दर्शाउने काम गर्न सक्छन । देशको ईतिहास झल्काउने यस्ता सम्पदाहरुको संरक्षण र मर्मत जति सक्दो चाँडो गरिनुपर्छ । त्यसका लागि आवश्यक पर्ने जस्तोसुकै कुराहरुमा पनि विभाग पछि हट्न हुदैन । मर्मत सम्भारमा लाग्ने खर्चको जोहो सरकारले गर्नुपर्दछ ।

यस्ता ऐतिहासीक महत्वका सम्पदाहरुलाई मर्मत सम्भार गरी अवलोकन गर्न सकिने खालको बनाउन सके यि सम्पदाहरु आर्थिक उपार्जनका बाटो समेत बन्न सक्छन । यस्ता सम्पदाहरुको अवलोकनका लागि देशका कुनाकुनाबाट मात्रै नभई विदेशी पर्यटकहरु पनि आउन सक्छन । त्यसैले यस्ता सम्पदाहरुको मर्मत, सम्भार र संरक्षण गरी उचित व्यवस्थापनका साथ पर्यटकिय क्षेत्र बनाउन सके स्थानियस्तरमा रोजगारी सृजना गर्न सकिने र देशलाई आर्थिक रुपमा सबल बनाउन सकिने आधार बन्न सक्छन ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.