वृहत गोदावरी विकास बोर्ड बनाऔं

कैलालीको गोदावरी धाम प्रदेशकै पुरानो धार्मिक स्थल हो । यहाँ प्रदेशमै सबैभन्दा बढी दर्शनार्थिहरुले अवलोकन गर्न थालेका छन । विशेष गरी मकर संक्रान्तीको अवसरमा गोदावरी धाममा स्नान गर्ने दर्शनार्थिहरुको घुईँचो लाग्ने गर्छ । २०७२ सालमा गोदावरीमा महाकुम्भ मेला लागेयता यहाँ माघे सङ्क्रान्तिमा दर्शनार्थीको चाप बढ्दै जान थालेको छ । गोदावरी धाम विकास समितिले पहिलो पटक गोदावरीमा महाकुम्भ मेला लगाउँदा यस क्षेत्रको व्यापक प्रचारप्रसार गरेको थियो । त्यसपछि यस क्षेत्रले पछि फर्कनु परेको छैन । तर, गोदावरीको प्रचारप्रसार सँगै यहाँ च्याउ झै बिभिन्न समितिहरू उम्रिन थालेपछि भने हाल गोदावरी धाम बेलगाम जस्तै बन्न पुगेको छ ।

maya metro hospital

आफूखुसी मन्दिर निर्माण, मन्दिर पिच्छे समिति र समिति पिच्छे आआफ्ना कार्यक्रम संचालन हुन थाल्दा गोदावरी धामको विकासले बाटो पाउन सकेको छैन । सोमबार माघे सङ्क्रान्तिको अवसरमा पनि गोदावरी धाममा छुट्टाछुट्टै कार्यक्रमहरु आयोजना गरिए । गोदावरी धाम विकास समितिले गोदावरी धाम वारी बाह्र राशि दर्शन मकर मेला आयोजना गर्दा पारि पञ्च दशनाम जुना अखडा शिव भगवती मन्दिर गोदावरी तिर्थधामले छुटै कार्यक्रम आयोजना गरेको थियो ।

citizen security services

आमने सामने माइक लगाएर छुट्टाछुट्टै कार्यक्रम गरिदा कसले के बोलिरहेका छन भन्ने ठम्याउन समेत सकस परिरहेको थियो । मकर संक्रान्तीको अवसरमा स्नान गर्न गएका श्रद्धालु भक्तजनहरुलाई समितिले भजन कृतन सुनाउनुको सट्टा पैसा दिनेका नामहरु सुनाईरहेका थिए । प्रदेशकै प्रसिद्ध धार्मिक स्थलमा दुई ठाउँमा अलग अलग कार्यक्रम गरी पैसा उठाउनु सोभनिय हैन ।

attariya hospital

विहानै गोदावरी माताको दर्शन गर्ने र स्नान गरेर फर्किने सोच बनाएका भक्तजनहरुले धर्मको नाममा व्यापार भैरहेको भान गरे । दुई ठाउँबाट माईकमा यती पैसा दियो, उति पैसा दियो भनेर अन्य भक्तजनहरुलाई पनि पैसा दिन उक्साउने परिपाटी धर्मको नाममा रकम संकलन गर्नु हो । धामको विकासका लागि सबैले एकवद्ध हुनुको साटो केही व्यक्तिहरुले यसलाई पैसा संकलन गर्ने स्थान बनाएका छन । धामको विकासका लागि अलग अलग मन्दिरका समितिहरु भन्दा पनि एउटै समिति बन्न जरुरी छ ।

उक्त समितिले धामकै विकासका लागि पहलकदमी गर्नुपर्छ । त्यहाँ आवश्यक भौतिक संरचनाहरु, त्यसको व्यवस्थापन लगायतका पक्षमा उक्त समितिले काम गर्नुपर्दछ । गोदावरीको एकीकृत विकास गर्नको लागि लामो समय देखि आवाज उठ्दै आएको भएपनि त्यसले अझै सार्थकता पाउन सकेको छैन । गोदावरी नगरपालिका क्षेत्रमा रहेको गोदावरी धामको संरक्षणमा लागि नगरपालिकाले ऐन बनाएको भएपनि त्यो कार्यान्वयनमा आउन सकेको छैन । नगरको ऐनमा गोदावरीका सबै समितिलाई समेटेर वृहत गोदावरी विकास बोर्ड गठन गरिने उल्लेख छ । ऐन अनुसार बोर्ड गठन गरेर डिपिआर अनुसार काम गर्न सके मात्रै धामको विकास सम्भव छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.