डिप्रेसन : कारण, लक्षण,चिन्ह तथा उपचार

मानसिक रुपले स्वस्थ्य व्यक्तिमा गएका केही हप्ताहरुमा वा महिना देखि मनमा सामान्य भन्दा धेरै दिक्दारिपन आउनुका साथै व्यबहार ,साेचाइ र शारीरिक कामकाजमा फरक आउनु जस्ता लक्षणहरु भएमा त्यसलाई डिप्रेसन भनिन्छ ।

Karma Consultancy

डिप्रेसन एक प्रकारको मानसिक रोग हो । यसले पीडित व्यक्तिको व्यवहारमा फरक ल्याउनुको साथसाथै शारीरिक तथा मानसिक पीडा पनि हुने हुन्छ । यसको कारणले पीडित व्यक्तिको दैनिक क्रियाकलाप, पढाइ तथा निर्णय लिनसक्ने क्षमतामा ह्रास आउने हुन्छ ।

citizen security services

सुरुसुरुमा पीडित व्यक्तिमा त्यति धेरै नकारात्मक विचारहरू नआउलान् । तर चाँडै पहिचान नगरिएमा बिस्तारै बिस्तारै नकारात्मक विचारले प्रभुत्व जमाउँछन् । केही गर्न सक्दिन जस्तो लाग्ने, जे गरे पनि सफल हुन्न र भविष्य पनि अन्धकार छ जस्तो लाग्ने डिप्रेसनबाट पीडित ब्यक्तिमा पाइने नकारत्मक सोचका उदाहरण हुन् ।

attariya hospital

क्रमिक रूपले जिन्दगी नै बेकार भएजस्तो लाग्ने र त्यसपछि आ अब त काल आइदिए हुन्थ्यो जस्तो लाग्ने पनि हुन जान्छ। रोगको तीव्रता बढ्दै गएमा मार्ने चाहना उत्पन्न हनु थाल्छ र चरमसीमा आत्महत्यासम्म पुग्न सक्छ ।

कुल जनसङ्ख्याको करिब १५ प्रतिशत मानिसहरू जीवनमा कमसेकम एक पल्ट डिप्रेसन शिकार भएको पाइन्छ । यो सम्भावना महिलाहरूमा अझ बढी हुन्छ । डिप्रेसन भएका मध्ये १५ प्रतिशत रोगीहरूले आत्महत्या गर्ने सम्भावना रहन्छ ।

कारणहरु:-
१. वंशाणुगत
२.दुखदायी, अप्ठ्यारो र तनावपूर्ण घटनाहरु जस्तै-औंर्थिक कठिनाइ , प्रेम वियोग , पारिवारिक सम्बन्धमा समस्या, नजिककाे व्यक्तिकाे मृत्युु,परिक्षामा असफलता, जागिर खाेसिनु ,

३.औंषधिहरु :- oral contraceptives, antihypertensive drugs

४. लामो समयदेखि मधुमेह, मृगौला, फोक्सो आदिको रोगबाट ग्रसित मानिसहरूलाई पनि डिप्रेसन हुन सक्छ । त्यस्तै थाइरोइड ग्रन्थीको गडबडीले पनि डिप्रेसन हुने सम्भावना धेरै हुन्छ ।

५.बच्चा जन्माएपछि केही महिलाहरुलाई डिप्रेसन हुन सक्छ ,
६.प्राय:बुढेसकालमा याे बढी हुन्छ ।

चिन्ह तथा लक्षणहरु:-
1. मन बिग्रनु ,
2.दिक्दारिपन,
3.निद्रा राम्रो नहुन ,
4.अरुचि हुनु र दुब्लाउनु ,
5.दिशा कब्जियत हुनु,
6.दैनिक कामकाजमा मन नलाग्नु,
7.चाडाे-चाडाे रिसाउनु,
8.एक्लै बसिरहन मन पराउनु ,
9.आत्माहत्या गर्ने काेशिश गर्नु,
10.आत्माविशवासकाे कमि हुनु,
11.याैन ईच्छामा कमी आउनु,
12.कमजोरी वा थकावट महशुस भइरहने ,
13.एकाग्रता तथा सोच्ने र सम्झने क्षमतामा कमी हुने,
14.केटाकेटीहरूलाई डिप्रेसन भएमा खेल्न नमान्ने, झगडा गर्ने, विद्यालय नजाने जस्ता लक्षण पनि देखा पर्छन,
15.विभिन्न शारीरिक लक्षणहरु देखा पर्छन । जस्तै: पेट दुख्ने, टाउको दुख्ने,खाेकी,रिगंटा लाग्ने,छाती या पिठ्युँ दुख्नु,थकाइ महशुस हुने ।

पहिचान गर्ने तरिका:-

सामान्य डिप्रेसन रागको पहिचान लक्षणहरूका आधारमा गरिन्छ ।
तर केही अवस्थाहरूमा थप जाँचहरूको पनि आवस्यकता पर्छ । जस्तै थाइरोइड ग्रन्थीको जाँच, टाउकोको सिटीस्क्यान र अन्य जाँच पनि गर्न सकिन्छ ।

उपचार 

डिप्रेसनकाे उपचार गर्दा राेगीकाे कुनै शारीरिक राेग छ छैन निदान गर्नु पर्छ र भएमा त्यसकाे उपचार गर्नु पर्छ ।।

1.सामान डिप्रेसनकाे उपचार:-

•राेगी लाई आफनाे साेचाई,ईच्छा र दुबिधा भन्न दिने ,
•राेगीलाई मानसिक रुपले ढाडस दिदै यी लक्षणहरु केही समयसम्म मात्रै रहने खालका हुन र पूर्णरुपले ठिक हुन्छ भनेर सम्झाउने ,
•शारीरिक रुपमा देखिएका लक्षणअनुसार उपचार गर्ने,
•जाँड, रक्सी तथा अन्य लागुपदार्थको सकेसम्म सेवन गर्न नदिने,
• सन्तुलित एवं पौष्टिक भोजन खान दिने,
•शारीरिक व्यायाम तथा कसरत गर्न लगाउने ,
• सकेसम्म आफनो दैनिक काम जारी राख्ने ,
•डिप्रसन भएको अवस्थामा जीवनका महत्वपूर्ण निर्णयहरू नगर्ने ।

घरपरिवारकाे भुमिका:-

१.आफनो परिवार र मित्रमा डिप्रेसनको लक्षण देखिएमा उसलाई उपचार गर्नका लागि प्रोत्साहित गर्नुपर्छ । यो धेरै जनालाई हुनेसमस्या हो र उपचारले राम्रो हुन्छ र उपचारको लागि चिकित्सकको मद्दत लिनु कमजोरीको लक्षण होइन भन्नेकुरा राम्ररी सम्झाउनु पर्छ ।

२. डिप्रेसन भएका मानिसहरूसँग समय बिताउने, उनीहरूसँग गफ गर्ने र उनीहरूलाई हौसला प्रदान गर्ने,
३. उनीहरूले राम्ररी भोजन गरे–नगरेको ख्याल गर्नुहोस् र उनीहरूलाई जाँड, रक्सी खानबाट निरुत्साहित गर्ने,
४. उनीहरूले आत्महत्याको कुरा गरेमा त्यस कुरालाई गम्भिरताकासाथ लिने। यो कुरा
५. बिरामीलाई बिष, डोरी र हातहतियारको पहुँचबाट पर राख्ने,

कडा डिप्रेसनकाे उपचार:-

यसप्रकारकाे डिप्रेसनमा राेगीले आफनाे दैनिक कामकाज राम्रोसँग गर्ने सकेदैन ।आत्माहत्या गर्ने समभावना भएमा राेगीलाई एक्लै नछाेडने ।
यस्ता राेगिलाई निम्न औंषधि प्रयाेग गर्न सकिन्छ –
Tab.Amitriptyline 75-150 mg per day ,
Tab.imipramine 75-150 mg per day,
Amitriptyline initially 25 mg BD After food दिने ।
अन्य Therapy पनी प्रयाेग गर्न सकिन्छ :-
1.Psychotherapy :-राेगीसंग सुमधुरसम्बन्ध कायम गर्ने ,
2.Behavioural therapy :-
3.Cognitive therapy:-राेगीकाे नकारात्मक साेचाइ हटाई आत्मबल बढाउने, र सकारात्मक साेचाइकाे विकास गराउने,
4.Drug therapy:-
5.Electro-consulsive therapy:-कडा डिप्रेसनमा
6.Counselling:- विशवासिलाे method
6.Vocational therapy:-राेगीले सक्ने काममा लगाई उसकाे ध्यान केन्द्रित गराउने,
7.Socail intervention therapy:-राेगीलाई समाजिक कार्यमा संलग्न गराउने,
8.Rehabilitation:-

✍️भुवन जाेशी (Health Assistant)

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.