खाेज्नुहाेस

निड्सद्धारा सञ्चालित तालिमहरुको अनुगमन

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा निड्स नेपालको युवा तथा महिला उद्यमशिलता विकास परियोजना अन्र्तगत सञ्चालित तालिमहरुको अनुगमन गरिएको छ । सोमबार नगरउपप्रमुख शारदा देवी रोकाया सहित नगरका विभिन्न शाखा एवम् सरोकारवालाहरुको टोलीले नगरमा सुरु भएका तालिमहरुको अनुगमन गरेको हो ।

अनुगमन पश्चात गरिएको अन्र्तक्रियामा तालिम सञ्चालनमा देखिएका समस्या, चुनौती एवम् समाधानका पाटोहरुका बारेमा छलफल गरिएको थियो । त्यसका साथै निड्स नेपालले आगामी दिनमा नगरमा गर्नुपर्ने क्रियाकलाप र ति क्रियाकलापबाट नागरिकलाई हुने फाईदाका विषयमा पनि छलफल गरिएको थियो ।

attariya hospital
navjiwan hospital

लुथरन वल्र्ड रिलिफको आर्थिक तथा प्राविधिक सहयोगमा निड्स नेपालले उक्त परियोजनामार्फत १२५ जना युवाहरुलाई उद्यमशिलता सम्बन्धी तालिम प्रदान गरिरहेको छ । परियोजना अन्र्तगत ब्रिक लेयर मेसिन तालिम, प्लम्बर तालिम, ब्युटिसियन तालिम लगायतका तालिमहरु सञ्चालन भैरहेका छन । उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई व्यवसायीक बनाउन कस्ता खालका योजनाहरु आवश्यक पर्छन भन्ने विषयमा अन्र्तक्रिया गरिएको परियोजनाका संयोजक विनोद कडाराले बताए ।

उनले निड्स नेपालको उक्त परियोजनाले विपन्न वर्गका समुदायहरुको आर्थिक उत्थान गर्ने लक्ष्य लिएकाले त्यस्ता समुदायलाई सहज र सुलभ हुने किसिमका तालिमहरु प्रदान गरिनुपर्ने छलफलका सहभागीहरुको सुझाव आएको बताए । उनका अनुसार छलफलका सहभागीहरुले पशुपालन सम्बन्धीका तालिमहरुको व्यवस्था गरिनुपर्ने, बजारको अवस्था निर्धारण गरि सोही अनुसारका तालिम दिएर नागरिकलाई आत्मनिर्भर बनाउन सकिने, तरकारी खेतीलाई प्रर्वद्धन गर्न सकिने खालका योजनाहरु ल्याउनुपर्ने लगायतका सुझावहरु दिएका थिए । उक्त सुझावहरुलाई आत्मसाथ गर्दै आगामी दिनहरुमा सोही अनुसारका योजनाहरु बनाएर तालिम सञ्चालन गरिने परियोजना संयोजक कडाराले बताए ।