अत्तरिया – कैलालीको गोदावरीका व्यवसायीहरुको बायोमेट्रीक अध्यावधिकका लागि अत्तरियामा आयोजित शिविरमा ५३५ जनाले सेवा लिएका छन ।
गोदावरी चेम्बर अफ कमर्स र आन्तरिक राजस्व कार्यालय धनगढीको संयुक्त आयोजनामा शनिबार अत्तरियामा आयोजित शिविरमा ५३५ जनाले सेवा लिएका हुन ।


आन्तरिक राजस्व कार्यालय धनगढीले कार्यालयमै उपस्थित भएर करदातालाई Online मार्फत KYT FORM र बायोमेट्रीक अधावधिक गर्न असार मसान्त सम्मको समय तोकेकोमा सहजताका लागि अत्तरियामा शिविर आयोजना गरिएको थियो ।
आजको शिविरमा अध्यावधिक गराउन धेरै व्यवसायी छुटेकाले भोलि पनि बिहान ८ बजे देखि १२ बजे सम्म शिविर संचालन गरिने कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले बताएका छन ।
शिविर अत्तरियामा रहेको होटल सितारा (पुरानो होटल साहारा) मा संचालन भइरहेको छ । आइतबार १ दिन मात्रै अध्यावधिक गराउने समय बाकी रहेकाले सो दिन भिडभाड हुन सक्ने भएकाले गोदावरीका व्यवसायीहरुको सहजताका लागि अत्तरियामा शिविर आयोजना गरिएको गोदावरी चेम्बर अफ कमर्सले जनाएको छ ।



















