खाेज्नुहाेस

गोदावरीका व्यवसायीहरुको बायोमेट्रीक अध्यावधिकका लागि भोलि शिविर संचालन गरिने

Image

अत्तरिया – कैलालीको गोदावरीका व्यवसायीहरुको बायोमेट्रीक अध्यावधिकका लागि भोलि अत्तरियामा शिविर संचालन गरिने भएको छ । गोदावरी चेम्बर अफ कमर्स र आन्तरिक राजस्व कार्यालय धनगढीको संयुक्त आयोजनामा भोलि अत्तरियामा एक दिने शिविर आयोजना गर्न लागिएको हो ।

navjiwan hospital

आन्तरिक राजस्व कार्यालय धनगढीले कार्यालयमै उपस्थित भएर करदातालाई Online मार्फत KYT FORM र बायोमेट्रीक अधावधिक गर्न असार मसान्त सम्मको समय तोकेकोमा सहजताका लागि अत्तरियामा शिविर आयोजना गरिएको गोदावरी चेम्बर अफ कमर्सले जनाएको छ ।
शिविर भोलि होटल सितारा (पुरानो होटल साहारा) मा संचालन हुने जनाइएको छ ।

attariya hospital

आइतबार १ दिन मात्रै अध्यावधिक गराउने समय बाकी रहेकाले सो दिन भिडभाड हुन सक्ने भएकाले गोदावरीका व्यवसायीहरुको सहजताका लागि भोलि अत्तरियामा शिविर आयोजना गरिएको कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले बताएका छन ।

उनले अत्तरियामै अध्यावधिकको काम भए यस क्षेत्रका व्यवसायीहरुलाई सहज हुने बताए । च्याम्बरले प्यान नम्बर साथमा लिएर शिविरमा अधावधी गर्न व्यवसायीहरुमा अनुरोध गरेको छ ।