अत्तरिया उद्योग बाणिज्य संघ निर्वाचन : दुवै प्यानलबीच कडा प्रतिस्पर्धा

अत्तरिया – अत्तरिया उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि शनिबार भएको मतदानको मतगणना जारी रहेको छ । बिहान सम्ममा ९ सय मत गणना हुँदा कल्याण सिह  बोहरा र मिना देउवाले प्यानल बीच कडा प्रस्तिस्प्रधा भइरहेको छ ।

maya metro hospital

अध्यक्षमा प्यानल सहित उम्मेदवारी दिएका कल्याण सिह बोहराले ४२१ मत ल्याउँदा, मिना देउवाले ३९३ मत ल्याएकी छिन । यस्तै एकल उम्मेदवारी दिएका अध्यक्षकै अर्का उम्मेदवार कवि राज भट्टले ३९ मत मात्रै पाएका छन ।

joshi vada pasal 2

अध्यक्षका उम्मेदवार बोहरा र भट्ट हालको समितिमा उपाध्यक्ष हुन भने देउवा सदस्य रहेकी छिन ।

बोहरा प्यानलबाट उपाध्यक्षमा यज्ञ राज जोशीले (उद्योग) ३७१, उपाध्यक्षमा देव राज भट्टले (बाणिज्य) ३९६ र चेतराज पन्तले (बस्तुगत) ४३९, महासचिबमा संकर खड्काले ४२५, सचिबमा दिलिप कुमार साउदले ४८२, कोषाध्यक्षमा हेम राज भण्डारीले ४२५ मत ल्याएको निर्वाचन अधिकृत वीर बहादुर जेठाराले बताएका छन ।

यस्तै सदस्यहरुमा रमेश भट्टराईले ४७९, ज्ञानेन्द्र खड्काले ४२६, मनोज सदासकरले ३४९, बम बहादुर बोगटीले ४५५ मत ल्याएका छन ।

त्यस्तै देउवा प्यानलबाट उपाध्यक्षमा दलबहादुर खड्काले (उद्योग)४८७, फागुराम चौधरीले (बाणिज्य) ४५५ र लक्ष्मण धामीले (बस्तुगत) ४०२, महासचिवमा अर्जुन खडकाले ४१८, सचिवमा हर्क विकले ३४१, कोषाध्यक्षमा दिपकराज भट्टले ४१८, सदस्यहरुमा दिलबहादुर शाहुले ३३७, बालकृष्ण ओझाले ३९५, भरत बहादुर कोलीले ३४१ र नवराज तेलीले २७६ मत ल्याएका छन ।

अत्तरिया उद्योग बाणिज्य संघको निर्वाचनमा १ हजार ५६३ जना मतदाता रहेकोमा १ हजार ३०१ जनाले मतदान गरेका थिए । मतगणना अत्तरियाको प्रतिभा पुस्तकालयको हलमा जारी रहेको छ ।

अत्तरिया उद्योग बाणिज्य संघको अध्यक्षमा बोहरा निर्वाचित

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.