अत्तरिया – अत्तरिया उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि बिहान ८ बजे देखि नै मतदान सुरु भएको छ । उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि पाँच बर्ष पछि निर्वाचन हुन लागेको हो । अहिले शान्तीपुर्ण रुपमा मतदान भइरहेको निर्वाचन अधिकृत वीर बहादुर जेठाराले बताएका छन ।
मतदान दुर्गालक्ष्मी नमुना माविको प्राङ्गणमा भइरहेको छ । ११ पदका लागि हुने निर्वाचनका लागि २३ जनाले उम्मेदवारी दिएका छन । संघको नयाँ कार्यसमितिको अध्यक्षका लागि ३ जना र उपाध्यक्ष ९उद्योग०, उपाध्यक्ष ९वाणिज्य०, उपाध्यक्ष ९वस्तुगत०, महासचिव, कोषाध्यक्ष, सचिवका लागि २÷२ जनाले उम्मेदवारी दिएका छन ।


त्यस्तै संघको ४ जना सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा कल्याण सिह बोहरा, मिना देउवाले प्यानल सहित चुनावी मैदानमा छन भने कवि राज भट्टले एकल रुपमा अध्यक्षमा उम्मेदवारी दिएका छन । अध्यक्षका उम्मेदवार बोहरा र भट्ट हालको समितिमा उपाध्यक्ष हुन भने देउवा सदस्य रहेकी छिन ।
बोहरा प्यानलबाट उपाध्यक्षमा यज्ञ राज जोशी ९उद्योग० उपाध्यक्षमा देव राज भट्ट ९बाणिज्य० र चेतराज पन्त ९बस्तुगत०, महासचिबमा संकर खड्का, सचिबमा दिलिप कुमार साउद, कोषाध्यक्षमा हेम राज भण्डारी, सदस्यहरुमा रमेश भट्टराई, ज्ञानेन्द्र खड्का, मनोज सदासकर, बम बहादुर बोगटीले उम्मेदवार रहेका छन ।
त्यस्तै देउवा प्यानलबाट उपाध्यक्षमा ९उद्योग० दलबहादुर खड्का, फागुराम चौधरी ९बाणिज्य० र लक्ष्मण धामी ९बस्तुगत०, महासचिवमा अर्जुन खडका, सचिवमा हर्क विक, कोषाध्यक्षमा दिपकराज भट्ट, सदस्यहरुमा दिलबहादुर शाहु, बालकृष्ण ओझा, भरत बहादुर कोली र नवीन साउँदले उम्मेदवार रहेका छन । अत्तरिया उद्योग बाणिज्य संघको निर्वाचनमा १ हजार ५६३ जना मतदाता रहेका छन ।



















