नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोल ६०० रुपैयाँले घटेर १ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । बुधबार पनि सुनको मुल्य प्रतितोला ६०० रुपैयाँले घटेको थियो । यसअघि बुधबार पनि सुनको मूल्य १ लाख १० हजार रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबार चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मुल्य प्रतितोला १३ सय ७५ रुपैयाँ रहेको थियो ।

















