अत्तरिया उद्योग बाणिज्य संघको साधारणसभा स्थगित

अत्तरिया – करिव ५ वर्ष पछि हुन लागेको अत्तरिया उद्योग बाणिज्य संघको चुनावी साधारण सभा स्थगित भएको छ । जेठ २४ गतेका लागि तोकिएको साधारण सभा उद्योग बाणिज्य संघको कार्यालयमा तालाबन्दी गरिएपछि स्थगित गरिएको हो ।

maya metro hospital

अत्तरिया उद्योग बाणिज्य संघका महासचिव यज्ञराज जोशीले कार्यालयमा तालाबनदी गरिएपछि वातावरण असहज बनेकाले सहमति नजुट्दा सम्मका लागि साधारण सभा स्थगित गरिएको बताए ।

joshi vada pasal 2

उनले हाल छलफल जारी रहेकाले सहमती भएपछि पुनः साधारण सभाको मिति सार्वजनिक गरिने बताए । सदस्यताको विषयमा विवाद हुँदा संघका बस्तुगत उपाध्यक्ष कमल कडायतको समूहले शनिबार संघको कार्यालयमा तालाबन्दी गरेको थियो ।

कार्यालयमा तालाबन्दी भएपछि जिल्ला प्रशासन कार्यालयले समहति गरेर साधारण सभा गर्न भनेपछि साधारण सभा रोकिएको हो । यसअघि ५ बर्ष सम्म साधारण सभा नभएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो ।

सम्बन्धित समाचार : चुनावको मुखैमा अत्तरिया उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.