४ दिनमा ५ हजारले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको मूल्यसूचीअनुसार शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको हो । बजेट सार्वजनिक भएयता अर्थात जेठ १५ गतेपछि चार दिनमा सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले बढेको छ ।

maya metro hospital

सरकारले बजेटमार्फत सरकारले सुनको भन्सार दर परिवर्तन गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन महङ्गिएको कारण र भन्सार दर परिवर्तन भएको कारण सुन आकाशिन पुगेको व्यवसायीहरू बताउँछन् । जेठ १५ गते सोमबारसम्म प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

joshi vada pasal 2

यसअघि सुनमा मूल्यको आधारमा नभई परिमाणको आधारमा सरकारले भन्सार लगाउँदै आएको थियो । जसमा प्रति १० ग्राम सुनमा ८ हजार ५ सय रुपैयाँ भन्सार तोकिएको थियो । अब नयाँ व्यवस्था अनुसार प्रति केजी सुनको मूल्य जति पर्छ त्यसको १५ प्रतिशत भन्सार दर लाग्ने व्यवस्था गरिएको छ ।

सरकारको नयाँ व्यवस्थाअनुसार अब भन्सार शुल्क सुनको मूल्य बढ्दा बढ्छ र घट्दा शुल्क पनि घट्छ । सरकारले भन्सारदर वृद्धि गरेका कारण सुनको मूल्यमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.