घट्यो सुन र चाँदीको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुनको भाउ एक हजार रुपैयाँले ओरालो लागेको छ।
जसअनुसार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

maya metro hospital
raunak fals and silling

बुधबार छापावाल सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँ किनबेच भएको थियो।  आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

joshi vada pasal 2

चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.