राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

काठमाडौँ – आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रम संघीय संसद्को राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित भएको छ । मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा सर्वसम्मतले सरकारको नीति तथा कार्यक्रम पास गरेको हो ।

maya metro hospital

शुक्रबार सरकार कोतर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल भएको थियो ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिएपछि नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.