अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १२ ले १ करोड बढीका योजना तथा कार्यक्रम ल्याएको छ । नगरपालिकाले सोमबार आयोजना गरेको वडा भेलामा १ करोड १ लाख ५२१ रुपैयाँको योजना तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

वडा अध्यक्ष भीम बहादुर खड्काले नगरले पठाएको बजेट सिलिङका आधारमा योजना तथा कार्यक्रम तयार गरिएको बताए । उनले नगरबाट प्र्राप्त बजेटमध्ये समानिकरण तर्फ ८० लाख र शुत्रमा आधारित बजेट २१ लाख १९ हजार ५२१ रहेको बताए ।


वडाले कुल बजेट मध्ये पुर्वाधार विकास तर्फ ५५ लाख, सामाजिक विकास तर्फ २५ लाख ९९ हजार, आर्थिक विकास तर्फ १५ लाख, वातावरण तथा विपद व्यवस्थापन तर्फ १ लाख सुशासन तथा संस्थागत विकास तर्फ ५० हजार ५२१ रुपैयाँ विनियोजन गरेको छ ।
सोमबार वडा अध्यक्ष खड्काको सभापतित्वमा भएको वडा भेलामा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट, विशिष्ट अतिथि उपप्रमुख शारदा रोकाया, प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्री, वडा नम्बर १, १० र ११ का वडा अध्यक्ष, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सामाजसेवी, वुद्धिजिवी, बिभिन्न संघ सस्थाका प्रतिनिधि लगायत स्थानीयको सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार : गोदावरी – १२ ले ल्यायो १ करोड बढीका योजना तथा कार्यक्रम
