खाेज्नुहाेस

कैलालीका एक युवक ब्राउनसुगर सहित विमानस्थलबाट पक्राउ

Image

अत्तरिया – ब्राउन सुगरसहित कैलालीका एक युवकलाई विमानस्थलबाट पक्राउ गरिएको छ । नेपालगञ्ज विमानस्थलबाट कैलालीको घोडाघोडी नगरपालिका – २ बस्ने २२ वर्षिय अमुल क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

navjiwan hospital

विमानस्थल सुरक्षा गार्डको प्रहरी टोलीले शुक्रबार बिहान जाँच गर्ने क्रममा ब्राउनसुगरसहित उनलाई पक्राउ गरेको बताईएको छ ।
उनका साथबाट ४५ ग्राम ब्राउनसुगर बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।

attariya hospital

उनी श्री एरलायन्सबाट काठमाडौँतर्फ जान लागेका थिए । पक्राउ परेका क्षेत्रीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।