अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको राधाकृष्ण मन्दिरमा सञ्चालीत राधाकृष्ण ज्ञान विज्ञान धार्मीक महोत्सवको आयव्यय विवरण सार्वजनिक गरिएको छ । बिबिहबार पत्रकार सम्मेलनको आयोजना गरि मुल आयोजक समितिले आयव्यय विवरण सार्वजनिक गरेको हो ।
धार्मिक महोत्सवमा विभिन्न क्षेत्रबाट गरेर १७ लाख १६ हजार ८ सय ४ रुपैया आम्दानी भएको आर्थिक संयोजक धनराज जोशीले बताए । उनका अनुसार कलशबाट ७ लाख ७७ हजार ६६, सहयोग वाफत ४ लाख २७ हजार ४५, तुलादान बाट २ लाख ८४ हजार १ सय ३७, सभा नायकबाट १ लाख ५४ हजार ४ सय ६६ र दानपेटिका बाट १० हजार २ सय २५ रुपैया आम्दानी भएको छ । यस्तै धार्मिक महोत्सवमा धान विक्रिबाट ५८ हजार ९ सय, शालिग्राम बाट १ हजार ५ सय १५ र चामल विक्रिबाट ३ हजार ५ सय २० रुपैया आम्दानी भएको आर्थिक संयोजक जोशीले बताए ।

महोत्सवमा विभिन्न २० शिर्षकमा जम्मा ११ लाख ४४ हजार १ सय ३ रुपैया खर्च भएको उनले बताए । उनले बाँकी रहेको ५ लाख ७२ हजार ७ सय रुपैया समितिको राष्ट्रिय वाषिज्य बैंकमा रहेको खातामा जम्मा रहेको समेत जानकारी दिए ।

यही चैत ९ गतेदेखी १६ गतेसम्म सञ्चालित धार्मिक महोत्सवबाट उठेको रकमले मन्दिरको स्तरोन्नती गरिने महोत्सव मुल आयोजक समितिका संयोजक कालु सिँ रोकायाले बताए । उनले मन्दिरको स्तरोन्नती गर्नकै लागी महोत्सव आयोजना गरिएको बताउदै मन्दिरकै नाममा रहने गरेर एउटा सभाहल बनाउने योजना रहेको जानकारी दिए । उनले सभा हलबाट हुने आम्दानीले मन्दिरका अन्य संरचनाहरु निर्माण गरिने समेत बताए । उनले महोत्सव सञ्चालनमा सहयोग पु¥याउने सबैप्रति धन्यवाद ज्ञापन गरे ।
पत्रकार सम्मेलनमा बोल्दै वडा नं. २ का वडासदस्य डबल साउँदले धार्मिक महोत्सव सफलता पुर्वक सम्पन्न गर्न सबैको सहयोगले मात्रै सम्भव भएको बताए । महोत्सवमार्फत मन्दिरको प्रचार प्रसार भएको बताउदै उनले यसको स्तरोन्नतीका लागी पनि महोत्सवले टेवा पु-याएको बताए । उनले आफु वडाको सदस्यको हैसियतले वडामार्फत गर्न सकिने हरेक कुराहरुमा सदैव सकारात्मक रहने प्रतिवद्धता व्यक्त गरे ।

यसैबिच मन्दिरमा देउडा कार्यक्रम आयोजना गरिएको छ । स्थानियहरुले विसु पर्व र नयाँ वर्षका अवसरमा आज मन्दिरमा देउडा कार्यक्रम आयोजना गरेका हुन । कार्यक्रमका लागी बाहिरबाट देउडीयाहरु बोलाईएको छ । देउडा कार्यक्रम अहिले मन्दिरको प्रांगणमा जारी रहेको छ ।

















