अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा रहेको गुँरास एकेडेमीको वार्षिक उत्सव सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमका बिच स्कुलको ११ औ वार्षिक उत्सव सम्पन्न भएको हो । स्कुलले वार्षिक उत्सवका साथै अभिभावक दिवस पनि मनाएको थियो । विद्यालयका सञ्चालक डम्बर कडायतको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी रहेका थिए ।
कार्यक्रममा बोल्दै जोशीले विद्यार्थीको शैक्षिक स्तर सुधार गर्न शिक्षाका साथै अतिरिक्त क्रियाकलापहरुमा पनि जोड दिनुपर्ने बताए । वार्षिक उत्सव विद्यालयको महाकुम्भ भएकाले यसलाई सकारात्कम रुपमा लिनुपर्ने बताउदै उनले विद्यार्थीहरुको वार्षिक समिक्षा पनि यस्ता कार्यक्रमहरुले गर्ने बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका पुर्व नगरप्रमुख नृप वड लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् अभिभावकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुका साथै विद्यालयका विभिन्न क्रियाकपलाहरुमा उत्कृष्ट विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुका साथै राष्ट्रियस्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुती समेत रहेको थियो ।
कक्षा १२ सम्म अध्यापन हुदै आएको उक्त विद्यालयमा हाल करिब एक हजार भन्दा बढी विद्यार्थीहरु अध्ययरत रहेको विद्यालयका सञ्चालक डम्बर बहादुर कडायतले जानकारी दिए । उनले विद्यालयले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायहरु समेत अध्यापन गराउदै आएको बताए । अत्तरियामै सबैभन्दा पहिले विज्ञान प्रयोगशाला गुँरासमा निर्माण भएको बताउदै उनले उक्त प्रयोगशालाले विद्यार्थीहरुको व्यवहारीक ज्ञानमा समेत वृद्धि भैरहेको बताए ।