खाेज्नुहाेस

जुपिटर एकेडेमीले मनायो १५ औँ बार्षिकोत्सव

Image

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका – ६ वनवेहडामा रहेको जुपिटर एकेडेमीले १५ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बिहिबार विद्यालयको प्रांगणमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाइएको हो ।

स्कुलका अध्यक्ष खकेन्द्र बुढाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिका – ६ का वडाध्यक्ष टेक बहादुर कुँवर, विशिष्ट अतिथि समैजी माविका पुर्व प्रधानाध्यापक केसबराज बिनाडी रहेका थिए ।

attariya hospital
navjiwan hospital

बर्षिकोत्सव कार्यक्रममा विणा ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष पुरन सिं कडायत बिणा विद्या मन्दिर प्रधानाध्यापक दल बोगटी, कैलाली भिजन स्कुल प्रधान्याध्यापक ध्वज बोगटी, रानिफाँटा सामुदायिक वनका अध्यक्ष चक्र बोगटी, विणा ग्रामीण विद्युत सहकारीका सचिब हेमन्त राज जोशी (बाजे), अमर माविका शिक्षक नवीन बिष्ट, समाजसेवी कैलाश आउजी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यालयमा आयोजित विभिन्न विधामा हाजिरी जवाफ, दौड, कबडी, खेलमा उत्कृष्ट छात्र–छात्राहरुलाई पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । विद्यालयका शिक्षिका दुर्गा ओझा जोशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन शिक्षक रमेश भुजेलले गरेका थिए ।

हाल उक्त विद्यालयमा ४ सय विद्यार्थी अध्ययनरत रहेका छन । कक्षा ८ सम्म अध्यापन गराउँदै आएको उक्त विद्यालयले आगामी शैक्षिक सत्र देखि ९ कक्षामा पनि पठनपाठन संचालन गर्ने तयारी गरेको विद्यालयका प्रध्यानाध्यापक मनिराम धामीले जानकारी दिए ।