खाेज्नुहाेस

महाकाली नदीको धार परिवर्तन हुने गरी तटबन्ध बनाएको भन्दै पुलमा ताला

Image

दार्चुला – महाकाली नदीको धार परिवर्तन हुने गरी भारतले तटबन्ध बनाउन थालेपछि बांगाबगरका स्थानीय बासिन्दाले नेपाल–भारत जोड्ने झोलुङ्गे पुल बन्द गरेका छन् ।

navjiwan hospital

आइतबार दिउँसो ४ बजेबाट बांगाबगरका स्थानीय महिला र पुरूषको समूह आएर पुलमा ताल्चा लगाएको हो ।

attariya hospital

स्थानीयले तटबन्ध निर्माण गरिरहेका भारतीय पक्षलाई ढुंगामुढासमेत गरेका थिए । ढुंगामुढा गर्दा पनि निर्माण नरोकिएपछि अहिले नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा ताल्चा लगाउन बाध्य भएको स्थानीयले बताएका छन् ।