अत्तरिया – नेकपा एमाले कृष्णपुर नगर कमिटीले बिभिन्न २९ वुदे माग राख्दै कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेम राज ओझालाई ज्ञापन पत्र बुझाएको छ ।
एमाले नगर कमिटी अध्यक्ष गणेश सिंह ऐरी र जिल्ला सचिवालय सदस्य तथा नगर इन्चार्ज लोकेन्द्र प्रसाद पन्तद्धारा हस्ताक्षरित ज्ञापन आइतबार नगरप्रमुख ओझालाई बुझाइएको हो ।

ज्ञापन पत्रमा नगरपालिकामा समानताको आधारमा पूर्ति गर्ने भन्दा पनि राजनीतिक आस्था, आग्रह र पूर्वाग्रह साधेर नजिकका कार्यकता एवम् आसेपासेहरुलाई पोस्ने काम गरेको आरोप लगाइएको छ । ज्ञापन पत्रमा जनप्रतिनिधी र कर्मचारी संयन्त्रले नगरपालिकामा गरेको व्यवहार, कार्यशैली र आचरण समेत सुधार गर्न माग गरिएको छ ।
सुशासन र संस्थागत विकास, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, भूमि र विविध क्षेत्रका समेटेर ज्ञापन पत्रमा २९ वुदे माग राखिएका छन ।
ज्ञापन पत्रमा सुशासन र संस्थागत विकासका लागि नगरपालिकालाई आवश्यक पर्ने कानुन निर्माण गर्न, विगतमा निर्माण भएका कानुनको कार्यान्वयन गर्न र नगरपालिकाका निर्णय समयमा राजपत्रमा प्रकाशन गर्न माग गरिएको छ । यस्तै नगरपालिकाको बारेमा जानकारी दिने पुस्तक प्रकाशन गरी अनावश्यक कर्मचारी भर्ति रोक्न माग गरिएको छ ।

पुर्वाधार विकासका लागि विगतमा निर्माण गरिएका डिपिआरको कार्यान्वयन गर्न, अधुरा विकास निर्माणका कार्य पुरा गर्न माग गरिएको छ ।
ज्ञापन पत्रमा शिक्षा क्षेत्रमा सुधारका लागि संघीय शिक्षा ऐन नआएकाले प्रचलित ऐन कानुन बमोजिम आपसि समझदारी र सहमतिमा नियमित कामकाज गर्न एवम दरबन्दी मिलन गर्न, नगर शिक्षा समितिमा एमालेलाई सहभागि गराउन, नगरभित्रका निजी स्रोतमा कार्यरत शिक्षकहरुको प्रभावकारी व्यवस्थापन गर्न, नगरको शिक्षा योजना बनाउन लगायतका माग गरिएको छ ।
यस्तै ज्ञापन पत्रमा २४ घण्टे स्वास्थ्य सेवाको संचालन गरिएको भनेर प्रचार गरिएपनि प्रभावकारी नभएको र महिला स्वास्थ्य स्वयम्सेवीकाहरुको सेवा सुविधामा विशेष ध्यान दिन माग गरिएको छ ।
ज्ञापन पत्रमा तत्काल जग्गाधनी प्रमाण पत्र वितरणको प्रभावकारी योजना बनाई सर्वसुलभ रुपमा प्राप्त हुने व्यवस्था मिलाउन, गरिब, दलित र विपन्न वर्गका परिवारलाई सर्वसुलभ रुपमा जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउन, जग्गाधनी प्रमाण पुर्जा बैंकमा धितो राखी ऋण लिन पाउने व्यवस्था मिलाउन माग गरिएको छ ।
ज्ञापन पत्रमा करको दायरा वृद्धि गरी राजश्व संकलन गर्न, अनावश्यक रुपमा बढाएको कर फिर्ता गर्न, गुलरिया र वाणी बजारमा सडक छेउमा रहेका खोका छाप्राको वैकल्पिक व्यवस्थापन नगरी हटाएकोले यसको दिर्घकालिन समाधान खोज्न, छाडा चौपाया व्यवस्थापनका बिषयमा दिर्घकालिन योजना बनाई छाडा चौपायाको प्रभावकारी व्यवस्थापन गर्न माग गरि गरिएको छ ।
कृष्णपुर नगरपालिकामा यसअघि एमालेबाट निर्वाचित भएका कर्ण बहादुर हमाल नगरप्रमुख रहेका थिए । २०७९ मा भएको स्थानीय चुनावमा भने कांग्रेसबाट चुनाव लडेका ओझा निर्वाचित भएका छन ।
यस्ता छन माग


















