अत्तरिया – बाजुरा प्रदेश सभा (ख) मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पदम बहादुर शाही निर्वाचित भएका छन । उनी २० हजार ११९ मतका साथ विजयी भएका हुन ।

उनका प्रतिद्धन्द्धि एमालेका लाल बहादुर थापाले १७ हजार ५२१ मत ल्याएका छन । शाही प्रदेश सभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले घोषणा गरेका छन ।

बाजुरा प्रदेश सभा (क) मा पनि गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नरेश कुमार शाही विजयी भइसकेका छन ।
उनी एमालेका बल देव रेग्मीलाई २ हजार ३४१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन । शाहीले १० हजार ९७३ मत ल्याउँदा रेग्मीले ८ हजार ६३२ मत ल्याउका थिए ।
यसैबिच एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बाजुरामा प्रतिनिधि सभामा पनि गठबन्धनकै उम्मेवारको अग्रता रहेको छ ।
















