खाेज्नुहाेस

अत्तरिया उद्योग वाणिज्य संघको सदस्यमा मनोनित ३ जनाले लिए सपथ

Image

अत्तरिया– कैलालीको अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघमा मनोनित ३ जना सदस्यहरुले सपथ लिएका छन । शुक्रबार एक औपचारिक कार्यक्रमका बिच नया मनोनित ३ जना सदस्यहरुले सपथ लिएका हुन ।

navjiwan hospital

संघको नयाँ निर्वाचित कार्यसमितिको दोस्रो बैठकले २ जना र सातौ बैठकले १ जना सदस्य मनोनित गर्ने निर्णय गरेको थियो । मनोनित भएका सदस्यहरुमा शेर बहादुर शाही, अमृत बम र पवित्रा बटाला रहेका छन । उनिहरुलाई सपथ ग्रहण गराईनुका साथै प्रमाणपत्र पनि प्रदान गरिएको थियो । कार्यक्रममा सल्लाहकार समितिका संयोजक एवम् सदस्य, प्रेस सल्लाहकार र कानुनी सल्लाहकारलाई पनि स्वागत एवम सम्मान गरिएको थियो ।

attariya hospital

कार्यक्रममा बोल्दै संघका अध्यक्ष कमल कडायतले संस्थाको विधान अनुसार समितिले काम गर्दै आएको बताए । उनले विधानमै उल्लेख भएअनुसारका ३ जना सदस्यहरु मनोनित गरिनुका साथै अन्य विभिन्न क्षेत्रमा पदाधिकारीहरु मनोनित बताउदै मनोनित गरिएका सदस्यहरुको सपथ ग्रहण गराईएको बताए । उनले पछिल्लो केही वर्षयता संस्था एकदमै डामाडोल अवस्थामा रहेको अवगत गराउदै आगामी दिनमा सबैले मिलेर संस्थालाई माथि उकास्नुपर्ने बताए ।

‘पछिल्लो केही वर्ष यता संस्थाको हालत के भएको छ भन्ने कुरा हामी सबैलाई थाहा छ’ उनले भने ‘यस्तो अवस्थामा हामीले संस्थाको गरिमा फिर्ता ल्याउन र संस्थालाई माथी उकास्न एकजुट भएर जानुपर्ने छ ।’ उनले मनोनित गरिएका सबै पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना समेत दिए । त्यसबाहेक कार्यक्रममा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान समेत गरिएको थियो ।