खाेज्नुहाेस

बैतडीबाट भन्सार छलीका बिँडी बरामद

Image
navjiwan hospital

बैतडी – बैतडीबाट भन्सार छलीका अवैध बिँडी बरामद गरिएको छ । दशरथचन्द नगरपालिका–६ कालिबगरबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी २० हजार रुपैयाँ बराबरको बिँडी शुक्रबार प्रहरीले बरामद गरेको हो ।

प्रहरी चौकी सेरा, बैतडीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेको बिँडी आवश्यक प्रक्रिया पूरा गरेर नियन्त्रणमा लिएको बताइएको छ ।
बरामद गरिएको बिँडी महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाइने प्रहरीले जनाएको छ ।

attariya hospital