अत्तरिया – गेटा स्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीको योग्यता तथा नियुक्तिसम्बन्धी व्यवस्था संशोधन गरेर नयाँ पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको छ।
चिकित्सा शिक्षा सुधारका लागि सत्याग्रहमा रहेका प्रा. डा. गोविन्द केसी र नेपाल सरकारबीच शनिबार बिहान भएको सहमतिमा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ मा आवश्यक संशोधन गर्ने उल्लेख छ।


सहमति अनुसार विश्वविद्यालयका पदाधिकारीको योग्यता तथा नियुक्तिलगायतका विषयमा आवश्यक संशोधन गरी दुई हप्ताभित्र मन्त्रिपरिषद्को बैठकबाट अध्यादेश जारी गर्ने सहमति भएको हो।
अध्यादेश जारी भएपछि विश्वविद्यालयका नयाँ पदाधिकारी नियुक्तिको प्रक्रिया तत्काल अगाडि बढाउने सहमतिपत्रमा उल्लेख छ।
सम्बन्धीत समाचार : डा. केसी सँग गेटाले पाएका स्वास्थ्य कार्यक्रम मापदण्ड अनुसार भए नभएको छानबिन गर्ने सहमति

















